Skip to content
LAXMI SUNRISE BANK

सोल्टी होटलको खुद नाफा ११.५९% ले गिरावट, प्रति सेयर आम्दानी कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सोल्टी होटेलले १५ करोड १७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको भन्दा ११.५९% ले घटेको हो । गत वर्ष १७ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 सञ्चालन नाफा पनि ७.९६% ले घटेर २९ करोड ८६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यो होटेलले ३२ करोड ४४ लाख ३१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । सञ्चालन नाफामै ह्रास आउँदा समग्र खुद नाफामा असर गरेको हो । 
सेयर पुँजी ६६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको यस होटेलको रिजर्भ कोषमा ८५ करोड ९० लाख १५ हजार रुपैयाँ छ । रिजर्भ कोष आकर्षक नै मान्नुपर्छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ ९० पैसा छ । प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका हिसाबले सोल्टीको सेयर कारोबार हुने गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK