×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्तामा हुँदा काँग्रेस नेतृको सपिङ : जर्मनी गएर १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स !

PRIME CA
GLOBAL IME BANK

सत्तामा हुँदा काँग्रेस नेतृको सपिङ : जर्मनी गएर १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स !

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कांग्रेस नेतृ सुजाता कोइराला महँगो शपीङको शोखिन रहेको तथ्यको खुलासा भएको छ । यसो त यसअघि आफ्नो क्यान्सर परिक्षणको लागि राज्यकोषबाट ५० लाख लिएपछि चौतर्फी विरोध भएकी कोइराला सम्बन्धि तथ्यहरु त्यसपछि एक पछि अर्को गर्दै बाहिरन थालेका छन् । रोगको शंकाकै भरमा उनलाई ५० लाख रुपैयाँ दिएको भन्दै त्यतिबेला नै उक्त निर्णयको विरोध भएको थियो । पछिल्लो समय उनले निकै महँगो सामानहरु प्रयोग गर्ने गरेको खुलासा समेत भएको छ । 
जर्मनबाट एक पत्रकारले उनीबारे लेखेको खबरमा उनको भव्य सपिङबारे विभिन्न तथ्य उल्लेख गरेको पाइएको छ । उक्त समाचारमा उल्लेख गरिएको तथ्य अनुसार सुजाता कोइरालाले जर्मन पुगेर १ लाख ८६ हजारको व्याग किनेकी थिइन् । समाचारका अनुसार तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्यकालको समयमा उनी जर्मनी पुग्दा यस्तो सपिङ गरेकी थिइन् । साथै उनले ६० हजारको चस्मा र ३४ हजारको पर्स खरिद गरेकी गरेको उक्त समाचारमा उल्लेख छ । युरेपेली र अमेरिकी धनाढ्यहरुले सामान खरिद गर्ने जर्मनी स्थित म्युनिखको व्यस्त बजारमा उनले सपिङ गरेको तथ्य त्यहाँ उल्लेख भएको छ ।
शपीङका क्रममा उनले किनेको हाते ब्यागको मुल्य एक हजार ५ सय ६० युरो अर्थात त्यतिबेला १ लाख ३७ हजार नेपाली रुपैयाँ थियो । सोही पसलमा उनले झन्डै त्यतिबेला नेपाली रेट अनुसार ४३ हजार २ सय २७ रुपैयाँको पर्ससमेत किनेकि थिइन् । समाचारका अनुसार उनले दुई दिने जर्मन बसाईको क्रममा उनले अर्को महंगो पसल प्रि अप्टिकबाट ६ सय ६२ युरोमा सन ग्लास पनि किनेकी थिईन् । जसको तत्कालिन मुल्य ६० हजार नेपाली हुन्थ्यो भने अहिलेको मूल्य झन् बढी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: