×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीका २ प्रहरी अधिकारीमाथि कारवाही, यस्तो छ भित्रि कारण

LAXMI SUNRISE BANK

सुनसरीका २ प्रहरी अधिकारीमाथि कारवाही, यस्तो छ भित्रि कारण

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बालिकामाथि भएको सामूहिक बलात्कारको घटना लुकाउन खोज्ने सुनसरीका २ प्रहरी अधिकारी कारवाहीमा परेका छन् । जिल्लको इटहरीमा करिब ५ महिनाअघि भएको १४ वर्षीय बालिकामाथिको सामूहिक बलात्कार प्रकरणमा मुछिएका दुई प्रहरी अधिकारीलाई विभागीय कारबाही गरिएको छ ।
यसअघि गत १६ पुसमा अंग्रेजी नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट होटल पुगेकी १४ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । र, ती प्रहरी अधिकारीले प्रहरी कार्यालयभित्रै घटना गुपचुप मिलाएको आरोप लागेको थियो । पीडित बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठबाट आफू बलात्कृत भएको बयान दिएकी थिइन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार तत्कालिन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरिएको हो ।
एसपी माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी कारबाहीमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको अवधिमै उत्कृष्ठ काम गरेको भन्दै माझी सम्मानित भएका थिए ।
माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ भने दाहाललाई तल्लो टाइम स्केल घटुवा गरिएको छ । घटनाको छानबिन गर्न बनेको समितिको आधारमा कारबाही गरिएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
यता काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरुमाथि भने कारबाही भएको छैन ।
घटनाको अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले नै अनुसन्धान समिति गठन गरेकाले सबैको प्रतिवेदन प्रहरी प्रधान कार्यालयको कानुन शाखामा अध्ययनकै क्रममा रहेको स्रोतले बतायो ।
प्रकरणमा दरबारमार्गकै प्रहरी अधिकारीको रोहवरमा पीडित र पीडक पक्षबीच मिलापत्र गराइएको थियो । जसमा तत्कालिन डिएसपी तिलक भारती हेडक्वार्टर तानिएका थिए भने प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परेका थिए ।
प्रकरणलाई काठमाडौं प्रहरी परिसरले संगठित अपराध अन्तरगत मुद्दा चलाएको थियो । मुख्य आरोपित युवतीका प्रेमी शैलेश कार्की अहिले पुर्पक्षका लागि थुनामा गएका छन् भने अन्य ३ जना प्रतिवादी अझै फरार छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी