×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतको जनमाध्यामिक विद्यालयमा ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुर्खेतको जनमाध्यामिक विद्यालयमा ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

६ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेतको जनमाध्यामिक विद्यालयमा ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उद्घाटन समारोहका प्रमुख अथिति विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले शुक्रबार संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।
बैंकले निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य लिएको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीआस्वा तथा एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । 
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी