
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ १३ गतेदेखि सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयर लिलामी खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापक समूहको ८ हजार ४०० कित्ता गरी जम्मा २८ हजार ८२ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा जेठ २० गतेसम्ममा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, जमल काठमाडौं तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिकाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट पनि लिलामी भर्न सकिनेछ ।
न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सूर्योदयले ७०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्योदयले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्