×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

Artha Sarokar

२ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सुजुकी बाइक नेपालमा अत्यन्त रुचाइएको, विश्वसनीय एवं अत्याधिक बिक्रीहुने बाइकहरु मध्येको एक हो । यो बाइकको निर्माता कम्पनी सुजुकी मोटरसाइकल इण्डियाको नेपालको लागिआधिकारिक आयातकर्ता एवं वितरक तथा देशको एक प्रमुख व्यापारिक घराना–विशाल समुहको एक हिस्सा भिजि अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । यसको लागिभिजि सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए।
भिजि सुजुकीले ५० जना निडर एवं साहसी बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा उपलब्ध गराइएको सुजुकी इन्ट्रडरको साथमा धावनमार्गको जस्तो अनुभव दिलाउन र आनन्दको महसुस गर्न एक अवसर प्रदान गरेको थियो । 
बाइक चालकहरुले यो यात्राको मज्जा यही बैशाख २८ र २९ गते २ दिन संगालेका थिए । यात्राको लागि तय गरिएको रुट बमोजिम टेकूबाट यात्रा शुरु भई थापाथली, माइतीघर, नयाँबानेश्वर, सूर्य्विनायक, जगाती, साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाटको बाटो भएर सुकुटेमा अवस्थित रिभर बे ¥याफ्टिङ एण्ड रिसोर्टमापुगेर टुङ्गिएको थियो । सबै भोलिपल्ट त्यही रुटहुँदै काठमाडौं फर्किएका थिए ।२ दिनको यस कार्यक्रममा बाइक चालकहरुले पौडी प्रतियोगीता, घैंटो फुटाउने (आँखामा पट्टि लगाएर) खेलिने खेलमा भागलिएका थिए । उनीहरुले लोकप्रिय ब्याण्ड विनय र साथीहरुको साँगीतीक प्रस्तुतिको समेत मज्जा लिएका थिए । 
सबै चालकहरुलाई नेपालको अत्यन्त भिरालो नदी र डरलाग्दो बेग भएको भोटेकोशी ¥याफ्टिङमा ¥याफ्ट गर्ने अवसर प्रदान गरिएको थियो । भोटेकोशी नदी ट्रिप छोटो समयको ह्वाइटवाटर जलयात्रागर्न चाहनेहरुकालागि एक उपयुक्त ट्रिप बनेको थियो । भिजि सुजुकीले प्रतियोगीतामा विजयी हुनेहरुलाई विभिन्न पुरस्कारहरु पनि प्रदान गरेको थियो । सबै बाइकचालकहरु मध्येबाट सबैभन्दा अनुशासित बाइक चालकको पुरस्कार नितिन रेग्मीलाई प्रदान गरिएको थियो ।
सुजुकी इन्ट्रडर–यात्रा सुकुटेको बारेमा कुरा गर्दै भिजि सुजुकीका बजार प्रबन्धक श्री नवराज कोइरालाले भन्नुभयो ” साहसी एवं निडर ५०जना सुजुकी इन्ट्रडर चालकहरुलाई सुकुटेसम्म यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि सुकुटेसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो । सुजुकी इन्ट्रडर–यात्रा सुकुटेले रोमाञ्चकताः नदेखिएका र चर्चामा नआएका नेपालका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिएको छ । हामीलाई विश्वास छ कि इन्ट्रडर बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहेका हुन्छन्, इन्ट्रडर–बाइकको एक त्यस्तो परिभाषा हो जसले जुनै खाले भूमिलाई आफ्नो अधिनमा राख्दछ । चाहे त्यो धावनमार्ग जस्तो होस् या उबडखाबड, या हिलाम्ये अथवा अरु कुनै अस्थिर रुट होस् । यसले बाइक चालकहरुलाई परिकल्पनाभन्दा टाढा पुग्ने अवसरहरु प्रदानगर्दछ । ”
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी