
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम म्याद रहेको छ । यस अनुसार यो लिलामीमा मंगलबारसहित २ दिन मात्र सेयर भर्न समय रहेको छ ।
यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ ।
न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले पनि बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्