×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तको ३ लाख सेयर लिलामी आजदेखि खुला, सेयरको न्यूनतम मुल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्तको ३ लाख सेयर लिलामी आजदेखि खुला, सेयरको न्यूनतम मुल्य कति ?

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महिला सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर बुधबारदेखि लिलामी बिक्री खुला गरेको छ । स्वावलम्बनको संस्थापक समूहको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको हो । यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ ।लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । 
आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ । न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ । सर्वसाधारण लगानीकर्ताले पनि बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी