
नवलपरासी – तनहुँको घिरिङ गाउँपालिका ४ का वडाअध्यक्षमाथि बलात्कार आरोप लागेको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको डेढगाउँकी एक महिलालाई वडाध्यक्ष झकबहादुर कुमालले जबरजस्ती गरेको भन्दै प्रहरीकोमा उजुरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले घटनाको अनुसन्धान भइरहेको र आरोप प्रमाणित भइ नसकेको बताए । श्रीमानले विदेशबाट पठाएको रकम बैंकबाट झिकेर र्फकने क्रममा गत वैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगि वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको महिलाको दावी छ ।
उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त उजुरी तनहुँले नवलपुर प्रहरी कार्यालय कावासोतीमा पठाएको थियो । नवलुरका प्रहरी प्रमुख जिसीले वडा अध्यक्षलाई नियन्त्रणमा लिई नवलपुर पठाउन तनहुँमा पत्राचार गरेको बताए ।
पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहेरी दिएको नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्