Skip to content
LAXMI SUNRISE BANK

धनुषाका मेयर बरबरियाले स्थानीयहरुलाई कुटेपछि भयो यस्तो ‘बबाल’ !

अर्थ सरोकार

धनुषा – धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन् ।

जनप्रतिनिधिले नै कुटपिट गरेपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन् । शहीदनगर नगरपालिका को मेयर उदय बरबरिया तथा वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित ९–१० जना को समूहले कमला नपा ९ नरहामा स्थानीयहरुलाई निर्घाट कुटपिट गरेका हुन् । मेयर बरबरियाविरूद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्किंदै गरेका मेयर बरवरिया सवार गाडीले राति सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद भएको थियो । विवादपछि मेयर बरबरिया नेतृत्वको समूहले सर्वसाधारणमाथि आक्रमण गरेको हो । मेयर समूहको आक्रमणबाट रामदेव साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, पुनिता कुमारी, शान्ति देवी घाइते भएका छन् ।
घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मेयर नेतृत्वमा भएको कुटपिटको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि छानविनको लागि कुनै चासो नदिएको पीडित रामदेव साहले जनाए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK