
काठमाडौँ – के. एल. दुगड गुरुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुलाई सहयोग स्वरुप विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।
गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । तर यसो भएतापनि विविध समस्याका कारण वर्षेनी सयौं बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने हाम्रो देशको वाध्यता जस्तै नै रहेको छ । यही समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यस यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो र आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्