
काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बेनीघाट शाखा, धादिङ्गमा एक दिने ब्यवसायिक बेकरी बनाउने तालिम प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमीले नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमीले शनिबार २३ जना सदस्यहरुलाई वेकरी तालिम दिएको हो ।
उक्त तालिम कार्यक्रममा प्रशिक्षक हरीमाया शाही ठकुरीले बेकरीका विविध उत्पादनहरु बनाएर व्यवहारिक रुपमा प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रमबाट सदस्यहरुले बेकरी सम्बन्धी प्रोडक्टहरु बनाउन सक्षम भएको बताएका छन् ।
संस्थाले शाखा कार्यालयहरुमा समय सापेक्ष विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म फुलमाला बनाउने, दालमोठ बनाउने, कृषि तथा पशुपालन तालिम, स्थास्थ्य लगायतका तालिमहरु प्रदान गर्दै आएको छ । हालसम्म देशका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
उक्त शाखाहरुबाट २४ हजार ५ सय सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब १८ करोड तथा वचत परिचालन रु ४२ करोड रहेको छ । संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना तय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्