- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता १ हजार ४३०.७७ रुपैयाँ कायम भएको छ । आज यसै मूल्यलाई आधार मानेर सेयर कारोबार सुरु भएको छ । यसको औसत आधार मूल्य भने १ हजार ३६८.८८ रुपैयाँ हो ।
वोमीले जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । यसका लागि शुक्रबार बुक क्लोज भएको हो । यो हकप्रद असार १९ गतेसम्म भर्न पाइनेछ । हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।