×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवसायी सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुट्दै, काठमाडौँका भने छुटेनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यातायात व्यवसायी सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुट्दै, काठमाडौँका भने छुटेनन्

Artha Sarokar

२३ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् ।
उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका छन् । काठमाण्डुमा पक्राउ परेका ६ जना यातायात व्यवसायी भने रिहा भएका छैनन् । उनीहरुले अहिलेसम्म कागज गर्न नमानेकाले रिहा नभएका हुन् ।
‘उहाँहरुसँग छलफल भइरहेको छ, कागज गर्ने प्रक्रियामा नै हुनुहुन्छ’ महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । काठमाण्डुबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलालगायत पदाधिकारीहरु पक्राउ परेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी