
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि त्यसको सिधा असर आइतबारको बजारमा परेपछि उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपाल पूँजीबजार लगानीकर्ता संघले आन्दोलन गर्ने भएको छ ।
संघका पधाधिकारी एनबी थापाले दिएको जानकारी अनुसार मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत मानेर सोही आधारमा लाभको गणना गर्नु पर्ने कुरा लगानीकर्ताको हकहित विरुद्ध भएको भन्दै अव आन्दोलनको विकल्प नभएको बताएका छन् । अहिले ५ :३० बजे संघको बैठक बस्दैछ ।
यता नचाहिने बेलामा आन्दोलनको फुर्ती लगाउने र चाहिने बेलामा केहि पनि नगर्ने र पछिल्लो समय बिलिनियार्स क्लबको रुपमा कुख्याती कमाएको अर्को एक संघले पनि आन्दोलनको तयारी गरिरहेको बुझिएको छ । उक्त संघको अहिले ५ बजे बैठक छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्