×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्थाको विरोधमा पूँजीबजार लगानीकर्तासंघले आन्दोलन गर्ने !

PRIME CA

बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्थाको विरोधमा पूँजीबजार लगानीकर्तासंघले आन्दोलन गर्ने !

२० जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि त्यसको सिधा असर आइतबारको बजारमा परेपछि उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपाल पूँजीबजार लगानीकर्ता संघले आन्दोलन गर्ने भएको छ ।
संघका पधाधिकारी एनबी थापाले दिएको जानकारी अनुसार मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत मानेर सोही आधारमा लाभको गणना गर्नु पर्ने कुरा लगानीकर्ताको हकहित विरुद्ध भएको भन्दै अव आन्दोलनको विकल्प नभएको बताएका छन् । अहिले ५ :३० बजे संघको बैठक बस्दैछ । 
यता नचाहिने बेलामा आन्दोलनको फुर्ती लगाउने र चाहिने बेलामा केहि पनि नगर्ने र पछिल्लो समय बिलिनियार्स क्लबको रुपमा कुख्याती कमाएको अर्को एक संघले पनि आन्दोलनको तयारी गरिरहेको बुझिएको छ । उक्त संघको अहिले ५ बजे बैठक छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: