
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सरकारले घाटामा पनि कर लगाउने भएपछी आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले सेयर कारोबार बुधबार पनि ठप्प पारेका छन् । उनीहरुले सबै कारोबार ठप्प पारेर बुधबार धितोपत्र बोर्डमा धर्ना दिई कोणसभा गरेका छन् भने सँगै लगानीकर्ताका नेताहरु सरकारसँगको वार्तामा पनि सहभागी भएका छन् । कोणसभाका वक्ताहरुले आन्तरिक राजश्व विभागले आइतबार जारी गरेको सर्कुलर फिर्ता नभएसम्म आन्दोलन नरोकिने र कारोबारमा समेत सरिक नहुने उद्घोष गरेका थिए ।
यता आन्दोलन उत्कर्षमा पुग्दा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलको भूमिका भने शंकास्पद हुन थालेको छ । उनी सरकारसँग वार्तामा बस्ने, वार्ता सकिएको केहिबेरसम्म फोनमा निकै व्यस्त हुने र त्यसपछि फोन अफ गरेर बस्न थालेपछि कतै सरकारका पक्षले उनलाई प्रभावमा पार्न लागेका त होइनन् ? भन्ने शंका उब्जिएको छ । यसो त यसअघि पनि उनलाई बजारमा चलखेल गरेको आरोप लाग्दै आएको छ भने केहि दिनअघि लगानीकर्ताको एउटा समूहले उनीमाथि आक्रमणको प्रयास समेत गरेको थियो ।
यसो त ब्रोकरहरुलाई भ्याट नलगाउने वा लगाउने विषयमा पनि ब्रोकर र राजनीतिक नेताहरुसंगको उच्चस्तरीय डिल गर्ने व्यवथा उनले नै मिलाईदिएको, त्यसवापत उनले पनि लाभ लिएको चर्चा यसअघि नै उठीसकेको छ । बजारमा चरम चलखेल गरी पैसा कमाएको र कालो धन थुपारेको भन्दै उनीमाथि सम्पत्ति सुद्धिकारण आयोगमा समेत उजुरी परिसकेको छ ।
यसो त उनको व्यवहार अहिले आएर शंकास्पद भएको होइन । सरकारले घाटामा पनि कर लगाउने विषयमा निर्णय गरेपछि नेपाल इन्भेष्टर्स फोरमले सामान्य विज्ञप्तिमात्र निकालेको थियो । यहि बेला नै उनलाई आन्दोलन नगर्न राजनीतिक दबाब आएको स्रोतको दावी छ । पछि पूँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले आन्दोलन गर्ने अडान राखेपछि आफु खुइलिने डरले उनले उक्त आन्दोलनमा सहमति जनाएका थिए ।
हामी निरन्तर उनका हरेक क्रियाकलापहरु नियालिरहेका छौं।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्