
सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लिमिटेडको छिन्छु उपशाखाको पूर्ण सक्रियतामा नेपाल राष्ट्रिय आधारभुत विद्यालय तल्लो थानीचौर छिन्चुका लागि नवनिर्मित खानेपानी ट्यांकीको समुदघाटन तथा हस्तान्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त विद्यालयमा अध्यनरत ६५ जना विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गनुभयो । उहांले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।
नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पुँजी भएको यस बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको उनले बताए । बैंकले क्षमता बृद्धिका लागि बिभिन्न वित्तीय साक्षरता एबम् स्थानीयस्तरमा आवश्यक महशूस गर्दै सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग तथा तालिमहरु समेत प्रदान गर्दै आईरहेको उनको भनाइ छ । कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिषस्र्थ र अग्रणी बैंक बन्न सफल भएको जिकीर गर्दै उनले किसानहरु लगायत अन्य पेशामा आवद्ध व्यक्तिहरुलाई कुनै न कुनै रुपबाट कृषि विकास बैंकसँग साईनो जोड्न आग्रह समेत गरे । साथै कृषि विकास बैंक लि.को मुख्य लक्ष्य भनेकै बैकिङ्ग पहंँचबाट वाहिर रहेका आम नेपाली दाजुभाईलाई बैकिङ्ग कारोबारमा समावेश गर्नु रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका कृषि तथा लघुउद्यम विकास विभागका विभागिय प्रमुख ध्रुवचन्द्र गौतमले सामाजिक सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारे । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा प्रकाश पारे ।
कार्यक्रममा स्कुलका विद्यार्थी, बाजागाजा सहितको स्थानीय दाजुभाई तथा दिदी वहिनीहरु स्थानीय जनप्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रवक्ता हिमलाल पौडेल, शाखा कार्यालय सुर्खेतका प्रबन्धक हिरा बहादुर आले, उपशाखा कार्यलय छिन्चुका प्रबन्धक मोहम्मद एहसान, कृषि विकास बैंक मुख्य कार्यालयका शा.अ. ध्रर्मराज न्यौपाने, क्षेत्रीय कार्यालय नेपालगंजका शा.अ. नगेन्द्र शाहको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानअध्यापक हरी बहादुर नेपालीलाई बैकका प्रमुख कार्यकारी अधिकृत सिटौलाबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्