
कृषि विकास बैंक लि. र रियान्डा बिज सर्भ प्रालिसँग सम्झौता भएको छ । कृषि विकास बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा बैंकका तर्फबाट सामान्य सेवा विभागका विभागीय प्रमुख दिर्घबह ादुर अयौल र रियान्डाका मेनेजिङ पार्टनर भरत रिजालले हस्ताक्षर गरे । बैंकले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा लेखापरिक्षण गर्नका लागि उक्त सम्झौता भएको हो ।
सम्झौता पश्चात कृषि विकास बैंक लि.को हाल प्रयोगमा रहेको सीबीएस लगायत समग्र सूचना प्रविधिको जाँचबुझ, थप सुरक्षाका लागि बैंकले अपनाउनुपर्ने सावधानी र भविष्यमा थप सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने भएको छ ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृति लिला प्रकाश सिटौला, कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, बैंकका प्रबक्ता हिमलाल पौडेल, सामान्य सेवा विभागका शाखा प्रमुख रमेश गीरी, अहिल्या अमात्य र शा.अ. तारा न्यौपाने समेतको उपस्थिती थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्