×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको आईएस अडिट रियान्डा बिज सर्भले गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृषि विकास बैंकको आईएस अडिट रियान्डा बिज सर्भले गर्ने

Artha Sarokar

१२ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कृषि विकास बैंक लि. र रियान्डा बिज सर्भ प्रालिसँग सम्झौता भएको छ । कृषि विकास बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा बैंकका तर्फबाट सामान्य सेवा विभागका विभागीय प्रमुख दिर्घबह ादुर अयौल र रियान्डाका मेनेजिङ पार्टनर भरत रिजालले हस्ताक्षर गरे । बैंकले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा लेखापरिक्षण गर्नका लागि उक्त सम्झौता भएको हो । 
सम्झौता पश्चात कृषि विकास बैंक लि.को हाल प्रयोगमा रहेको सीबीएस लगायत समग्र सूचना प्रविधिको जाँचबुझ, थप सुरक्षाका लागि बैंकले अपनाउनुपर्ने सावधानी र भविष्यमा थप सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने भएको छ । 
उक्त अवसरमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृति लिला प्रकाश सिटौला, कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, बैंकका प्रबक्ता हिमलाल पौडेल, सामान्य सेवा विभागका शाखा प्रमुख रमेश गीरी, अहिल्या अमात्य  र शा.अ. तारा न्यौपाने समेतको उपस्थिती थियो । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी