×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका डेपुटी सीइओ अनिल शाह बैंकको सीइओमा नियुक्त, ४ बर्षे कार्यकाल

PRIME CA

नबिल बैंकका डेपुटी सीइओ अनिल शाह बैंकको सीइओमा नियुक्त, ४ बर्षे कार्यकाल

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- नबिल बैंक लिमिटेडका डेपुटी सीइओ अनिल केशरी शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । उनी डेपुटी सीइओको रुपमा केहि समय अगाडी नबिल बैंक छिरेका थिए ।
 मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि उनी सेन्चुरी बैंकमा सीइओ नियुक्त भएका थिए । तर त्यहाँ तलवको कुरा नमिलेपछि उनी नबिल प्रवेश गरेका हुन् । शाहलाई आगामी चार बर्षका लागि बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।उनी बैंकर्स संघको पूर्व अध्यक्षसमेत हुन् । 
१९९१ बाट बैंकिङ करियर सुरु गरेका शाह नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका थिए । उनले त्यहाँ १३ बर्ष विताएपछि उनी नबिल बैंक भित्रिएका थिए । पछि उनी मेगा बैंक गएका थिए । मेगाको कार्यकाल सकिएपछि उनी पुन: नबिल फर्किएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: