
काठमाडौं – शंखमुलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले प्रहार गरेका छन् । गोली हानेर प्रहरीले गुण्ड नाइके लामालाई नियन्त्रणमा लिएको छ ।
महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी गोली लागेको छ । प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल लगेको छ ।
प्रहरीले लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ ।
लामाले सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैध रुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोप छ । उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्