Skip to content
LAXMI SUNRISE BANK

दुई छुट्टाछुट्टै स्थानमा पुग्यो महालक्ष्मी विकास बैंक, दार्चुला र बैतडीमा एकैदिन शाखा सञ्चालन

अर्थ सरोकार

काठमाडौं– महालक्ष्मी विकास बैंकले स्थानीय तहसम्म शाखा विस्तार  गर्ने क्रममा  दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा नयाँ  शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन गोकुलेश्वर शाखामा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।
बैंकले ७१ शाखा तथा ३५ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले  छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK