×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टि भि एसले ल्यायो स्लिप्पर क्लच भएको नयाँ अपाचे बाइक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टि भि एसले ल्यायो स्लिप्पर क्लच भएको नयाँ अपाचे बाइक

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुको निर्माता टिभिएस मोटर्सले आज नयाँ दुई पाङ्ग्रे बाइक बजारमा ल्याएको छ । कम्पनीले टिभि एस अपाचे आर टि आर २०० ४ भि नामको बाईक आज एक कार्यक्रमका बीच बजारमा छोडेको हो ।
अपाचे बाइकको दोस्रो भर्सनको रुपमा रेस इडिसन २.० मा स्लिप्पर क्लच प्रबिधि रहेको कम्पनीले जनाएको छ । आकर्षक मोडल र आधुनिक डिजाइन । अधुनिक स्पोर्टस टाइपको मोडलमा रहेकोले नेपाली बजारका उपभोक्तहरुले अत्याधिक रुचाउने बिश्वास गरिएको छ ।
मोटरसाइकलमा प्mलाइ–स्क्रिन लागाइएको छ भने ए–आर टी स्लिप्पर क्लच प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउनुका साथै फोर्सलाई २२ प्रतिशत्ले घटाउछ जस्ले गर्दा छिटो अपशिप्mटमा उच्चगति र डाउन शिप्mटमा चालकको सुरक्षा सुनिश्चित गर्नेछ ।
कार्यक्रममा टिभिएस् मोटर कम्पनीका बरिष्ठ उपाध्यक्ष आस. दिलिपले दावी गर्दै भने “हामी विगत देखी नै रेसिङ प्रविधिलाई पर्फर्मेन्स मोटरसाइकलहरुमा ल्याउन अगाडि छौं । त्यसैको नयाँ सिरिजको रुपमा टि आर २०० ४ भि, रेस इडिशन् २.० ल्याएका हौं । यसले राम्रै रेसिङ अनुभव दिनेछ ।’
यो मोटरसाइकलमा १९७.७५ सिसि सिङ्गल सिलिण्डर मोटर, ५ स्पीड गेयर रहेको छ । साथै यस इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस (कर्रब र २१.० पीएस (ईएफआई) पावर दिनेछ । र ७००० आरपीएममा १८.१ एनएम टर्क्यु दिने छ । यसको मूल्य नेपाली बजारमा ३,२४,९०० :– रहेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी