×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत पेट्रोलियम कर्पोरेशन लि.द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

PRIME CA

भारत पेट्रोलियम कर्पोरेशन लि.द्वारा म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङको शुभारम्भ

३ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गर्यो । काठमाडौँमा जुन १६, २०१८ मा भएको शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गर्नुभयो ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति थियो । भव्य सजावट सहित रंगिएको सुरुवाती कार्यक्रममा ग्राहकवर्गहरु, डिलरहरु तथा विजनेस एसोसिएट्सहरुको पनि उपस्थिति थियो ।
नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन-एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।
नयाँ प्याकमा भएका मुख्य विशेषताहरु निम्नलिखित कुराहरु ध्यानमा राखिएको छ :
  •  ट्याम्पर ईभिडेन्ट क्याप – ग्राहकहरुको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि ।
  •  दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल ।
  •  ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर – नवीन प्रविधिबाट प्याक डिजाईन भएको प्रकटीकरण ।
  •  गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल – खन्याउने बेलामा सहज र सुरक्षित ग्रिपिङ सुनिश्चित गर्न ।
  •  कम आवाज आउने गरी बनाईएको नेक – खन्याउदा एकनाश र राम्रो सँग फ्लो हुने र आवाज पनि कम आउने गरी बनाईएको नेक ।
विश्वमै राम्रो डिजाईन एजेन्सीको रुपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्ट पछि शुभारम्भ गरिएको छ । नयाँ प्याकहरु निम्न लिखित चार वटा कलरहरुमा वर्गीकृत गरिएको छ ।
  •  रातो – पेट्रोल ईन्जिन सेग्मेन्टको लागि
  •  गोल्ड – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल/डिजेल)
  •  नीलो ग्रे – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित/विशेष सेग्मेन्टको लागि
  •  ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि
ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ । ग्राहकहरुको चाहनालाई ध्यानमा राखी नयाँ प्याक अनुकुल हुने गरी विशिष्ट सामग्रीबाट बनाईएको हुनाले यसले आफ्नो यथार्थता देखाउँछ र यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँछ ।
श्री भी. आनन्द, कार्यकारी निर्देशक (ल्यूब), विपिसिएलले भन्नुभयो, ‘हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवाला हरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने हाम्रो प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लागि सबैभन्दा बढी महत्व राख्दछ । नयाँ प्याकको शुरुवात नेपालबाट हुनु हाम्रो लामो तथा सुमधुर सम्बन्ध यो देशसँग र हाम्रो पूरानो वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. सँग हुनुलाई दर्शाउँछ ।’ म्याक लुब्रिकेन्ट्स हाल नेपाली बजारमा नं. १ ब्राण्डको रुपमा मार्केट लिडरको रुपमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: