
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्दोलनमा रहेका लगानीकर्ताहरुको आन्दोलन सफल भएको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले निदेर्शन दिएपछि लगानीकर्ताको आन्दोलन सफल भएको हो । यो निर्णयसँगै बुधबारको शेयर कारोबार खुल्ने भएको छ । आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउन साथ बुधबार सेयर कारोबार सुचारु हुनेछ ।
अर्थमन्त्रालयले लाभकरको बिषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको हो । सरकारले मंगलबार अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्