
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- बौधको जम्भू डांडामा गोली चलेको छ । अपराध महासाखाको टोलीले ‘अमर’ भनिने अस्मिल तामाङलाई लक्षित गर्दै २ राउण्ड गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । बिभिन्न सर्बसाधारणहरुलाई प्रलोभनमा पारी आफूसँग भएको नक्कली डलर (बिचमा कागज छेउ छेउमा डलर) राखी रुमालमा पोको पारी पीडितलाई देखाई सो डलर सटही गरेमा फाईदा हुन्छ भनि बहाना बनाई मिति २०७५।२।२४ गते का.जि. साँखु ईन्द्राईणी पुन नजिक बोलाई आफु संग भएको नक्कली कागजको पोको लाई डलर भनि देखाई ३/४ जनाको समुह आई पेस्तोल तथा हातहतियार समेत देखाई जिल्ला ताप्लेजुङ फुङलिङ न.पा. वडा न १ घर भई हाल का.जि. का.म.न.पा. वड न १४ चमति बस्ने बर्ष २५ को बिरेन तामाङको साथमा भएको नगद रु १९,६०,०००।-
मिति २०७५।२।२८ गते का.जि.कपन संयुक्तपार्क स्थित एकान्त ठाँउमा पारी जिल्ला ताप्लेजुङ फुललिङ न.पा. ४ बस्ने राजकुमार बाँनियाको साथमा रहेको नगद रु ४,९०,०००।- डलर साट्न भनि बोलाई हात हतियार तथा पेस्तोल देखाई डाँका गर्ने तथा मिति २०७५।२।२८ गते जिल्ला भक्तपुर सुयबिनायक जंगलमा जिल्ला स्याङजा चापाकोट न.पा. वडा न १४ घर भई हाल जिल्ला चितवन रत्न नगर न.पा. वडा न १० बस्ने राज भण्डारीको साथमा रहेको नगद रु ८,००,०००।- डलर साट्न भनि बोलाई हात हतियार तथा पेस्तोल देखाई डकैती गर्ने समूहका मुख्य नाईके जिल्ला सि.पा. बाह्रबिसे घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. डेरा गरि बस्ने बर्ष अ.२६ को खुँडे भन्ने अम्बर बहादुर तामाङलाई पक्राउ गर्न अपराध महाशाखाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मिति २०७५।०३।०७ गते बेलुका २०:०० बजेको समयमा का.जि. मुलपानीमा फेला पारी नियन्त्रणमा लिन खोज्दा प्रहरी तर्फ आक्रमण गर्न खोजेकाले निजलाई नियन्त्रण लिन प्रहरीतर्फबाट २ राउण्ड गोली दाहिने खुट्टा प्रहार गरी नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउण्ड, अमेरीकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको विटा थान -८ समेत बरामद गरिएको पक्राउ व्यक्तिहरुको विवरण :-
१) नाम :- खुँडे भन्ने अम्बर बहादुर तामाङ
उमेर :- अं.२६ बर्ष ठेगाना :- जि. सिन्धुपाल्चोक बाह्रबिसे
हाल :– का.जि. गोकर्णेश्वर मिति २०७५।०३।०७ गते ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्