
कालिकोट – जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ ।
साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ।
‘हामीले त छोरीको दायाँ हात भाचियो भनेको हुँ’, बिरामीका बुवा धीरबहादुर बमले भने, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिए ।’ डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए। बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ । यो नागरिक दैनिकबाट लिएको खबर हो ।
बालिकाको उपचारमा संलग्न एमडिजिपी डाक्टर विज्ञान प्रजापति हुन्। उनले भने, ‘बिरामीका बुवाले नै बायाँ हात भनेकाले पलास्टर गरेको हुँ। चेकजाँच रिपोर्ट हेर्नेभन्दा पनि बिरामीका आफन्तले भनेको सुनेर काम गरें। तर फेरि बिरामीलाई बोलाएर दायाँ हात पलास्टर गरिसकेको छु।’ नागरिक दैनिकबाट
जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ ।
साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ।
‘हामीले त छोरीको दायाँ हात भाचियो भनेको हुँ’, बिरामीका बुवा धीरबहादुर बमले भने, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिए ।’ डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए। बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ।
बालिकाको उपचारमा संलग्न एमडिजिपी डाक्टर विज्ञान प्रजापति हुन्। उनले भने, ‘बिरामीका बुवाले नै बायाँ हात भनेकाले पलास्टर गरेको हुँ। चेकजाँच रिपोर्ट हेर्नेभन्दा पनि बिरामीका आफन्तले भनेको सुनेर काम गरें। तर फेरि बिरामीलाई बोलाएर दायाँ हात पलास्टर गरिसकेको छु।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्