×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोझा लगानीकर्ताको पेटमा लात मारेर अर्थमन्त्री युवराज खतिवडाले महापाप गरे : छोटेलाल रौनियार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोझा लगानीकर्ताको पेटमा लात मारेर अर्थमन्त्री युवराज खतिवडाले महापाप गरे : छोटेलाल रौनियार

Artha Sarokar

२१ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीले सोझा लगानीकर्ताको पेटमा लात मारेर महापाप गरेको बताएका छन् । आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
यता लगानीकर्ताले उक्त निर्णय फिर्ता नभए आफुहरु सर्वोच्च अदालतमा रिट दायर गर्नसमेत तयार भएको बताएका छन् । सेयर लगानीकर्ताका ३ संघको अगुवाईमा करिव साँढे १० बजेदेखि देखि भद्रकालीप्लाजास्थित नेपाल स्टक एक्सचेञ्जमा घेराउ सुरु भएको छ । उनीहरुले नोक्सानीमा कर तिर्नु कुन सिद्धान्त हो सरकार, बहुमतको सरकार, करैकरको उपहार लगायतका नारा अंकित प्लेकार्डसहित नेप्सेको प्राङ्गणमा प्रदर्शन गरिरहेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी