Skip to content
LAXMI SUNRISE BANK

ऋण दुरुपयोग अभियोगमा सामुदायिक लघुवित्तका सञ्चालक र सीइओ पक्राउ, राष्ट्र बैंकको निर्देशनसमेत अवज्ञा गरेको ठहर

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार जनालाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेको संचालक समिती र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा ऋण दुरुपयोग अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट २ करोड ५० लाखभन्दा बढी हानी नोक्सानी भएको प्रहरीको अनुमान छ।  निर्धारित हदभन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति स्वयम्भु राम जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला शुरु गरेको भेटिएको छ।
पक्राउ पर्नेमा संस्थाका सञ्चालक समिति अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान, सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्वयम्भू राम जोशी हुन्। जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्बिकृत बिना मिलोमेतोमा गुडविलका रुपमा २ करोड ५० लाख रकम प्रबाह गरेको भेटिएको छ। उनले राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी ७ लाख ४४ हजारभन्दा बढि भुक्तानी लिएको प्रहरीको आरोप छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK