
हेटौंडा – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी भएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सभापति शेरबहादुर देउवा र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिले फरक फरक व्यक्तिलाई बोक्दा त्यसको मूल्य कांग्रेसले चुकाउनुपरेको भन्दै सभापतिहरुले आलोचना गरे ।
देउवा र निधिकै सामुन्ने धादिङका सभापति रमेश धमलाले नवराज सिलवाल र जयवहादुर चन्द अहिले कहाँ छन् ? भन्दै कटाक्ष गरेका हुन् । मेनपावर व्यवसायीलाई राजदूत बनाउने, प्रधानन्यायाधीशलाई इगोका भरमा महाअभियोग लगाउने र आईजीपी नियुक्तिमा फरक फरक व्यक्ति बोकेर पार्टीलाई क्षति पुर्याउने काम भएको सभापतिहरुले बताए ।
‘तपाईहरुलाई पैसा भए हुने, अहिले नवराज सिलवाल कहाँ छन् ? जयबहादुर चन्द अहिले तपाईसँग छन् ?’ धमलाले भने ‘ हिजो तपाईहरुले बोकेका व्यक्ति तपाईसँग छैनन् ।’
उनले अघि भने, ‘महाअभियोग प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिएको मान्छे अँध्यारो कोठाभित्र बसेर कतिमा मिलेर फिर्ता गरे ?’आईजीपी नियुक्तिका बेला निधिले नवराज सिलवालको पक्ष लिएका थिए भने देउवाले चन्दलाई नियुक्त गर्न दबाव दिएका थिए ।
त्यही क्रममा कांग्रेसले तत्कालीन माओवादी केन्द्रसँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेको थियो । कार्कीको अवकाशसँगै सिलवालले मुद्दा हारे ।
उनी अहिले एमालेबाट सांसद भइसकेका छन् । चन्दले प्रहरीको एआईजीपीबाट अवकाश पाएका छन् । जिल्ला सभापतिहरुको भेलामा बोल्ने क्रम जारी छ । सबैले बोल्ने क्रम रहेकाले भेला समापन अबेरसम्म हुन पनि गाह्रो रहेकेा आयोजक मकवानपुर जिल्ला सभापति इन्द्रवहादुर बानियाँले बताए । आज ढिला भए भोलि समापन हुने जानकारी उनले दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्