×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३ किलो सुन प्रकरणः ‘लेवल थ्री’का रेष्टुरेण्ट सञ्चालक शाह पक्राउ

LAXMI SUNRISE BANK

३३ किलो सुन प्रकरणः ‘लेवल थ्री’का रेष्टुरेण्ट सञ्चालक शाह पक्राउ

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।
सञ्चार उद्यमी जमिम शाहका नाता पर्ने शाहलाई काठमाण्डुबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ ।
सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ ।
छिरिङसँगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छानविन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।
न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् ।
अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् ।
प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघि छिरीङसँग मिलेर अबैध सुनको कारोबार भने गरेको बयान दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी