
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देव: विकास बैंकको असार १ गतेदेखि कुल २० लाख २० हजार ५९.५९ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ७९ हजार २६४. ८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४.७१ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्ता सम्म लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा देवः को केन्द्रीय कार्यालय, लालदरबार काठमाडौंबाट पनि भर्न सकिनेछ ।
हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्