×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकले बोनस पारित गर्न बोलायो एजीएम, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देवः विकास बैंकले बोनस पारित गर्न बोलायो एजीएम, कहिले हुँदैछ बुक क्लोज ?

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २७ गते देवः विकास बैंकको एघारौं वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभामा बैंकले १७.१% बोनस दिने विशेष प्रस्ताव र त्यसको साथमा कर तिर्नको लागि ०.९०% नगद लाभांशको प्रस्ताव पनि पेस गर्ने भएको छ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ । 
साधारण सभा नेपा ब्यांकेट, खुसिबु काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वुद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने पनि एजेन्डा पेश हुँदैछ । 
सभा प्रयोजनका लागि बैंकले असार १५ गतेबाट २७ गतेसम्म बुक क्लोज गर्नेछ । असार १४ सम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । यतिबेला बैंकले २० लाख २० हजार कित्ता सेयर पनि लिलामी बिक्री गरिरहेको छ । लिलामी सेयर समेत बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । यस्तै बोनस वितरणपछि भने देवः को चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४१ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी