
काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चुनावका बेला आक्रमणकारीबाट जोगाउने प्रहरीको बढुवा भएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका राईलाई गत कात्तिक २८ मा भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा राई चढेको गाडीमा बम प्रहार गरिएको थियो ।
वम आक्रमणबाट जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस भएका हुन् । आइतबार प्रहरी प्रधान कार्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटीको बैठकले असई देवकोटालाई सईमा बढुवा गर्न सिफारिस गरेको छ ।
भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट तत्कालिन एमालेका उम्मेदवार रहेका पूर्वसूचना तथा सञ्चारमन्त्री राईमाथि विप्लबका कार्यकर्ताले गत कार्तिक २८ मा बम आक्रमण गरेका थिए । राई चढेको गाडीलाई लक्षित गरि बम प्रहार भएपछि सुरक्षा गार्ड देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए । घटनामा देवकोटा घाईते भएका थिए ।
साथै डोल्पाका दुर्गम कालागौडा प्रहरी चोकीमा कार्यरत प्रहरी जवान भक्तबहादुर थापा पनि हवल्दारमा बढुवाका लागि सिफारिस भएका हुन् । उनले चौकीमा विरामी भएका आफ्ना साथी दलबहादुर थापालाई राति पाँच घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्