×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

PRIME CA

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक श्री बिष्णु देवी शिक्षा सदनलाई एक कार्यक्रम बिच शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, श्री एल.वी. प्रभाकर ज्यूले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । 
यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: