काठमाडौं – देशको कुना-कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको उद्घाटन गरेको छ ।
सीतापाइला शाखाको समुद्घाटन बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एलभी प्रभाकरले गरे ।
कार्यक्रममा बैंकका संस्थापक निर्देशक अरुणमान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।