
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि २६ हजार ८८४ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । नेप्सेमा फर्स्टको सोमबारको क्लोजिङ भाउ प्रतिकित्ता ५६८ रुपैयाँ छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल र विराटनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ । नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामीमा आवेदन दिन सकिनेछ ।
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ । हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बाँकी रहेको सेयर लिलामी गरेपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्