- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५८ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ५८ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।