
काठमाडौँ – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै २०७४ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्देशक खड्कालाई बर्खात गरेको थियो ।
त्यसपछि आफूलाई सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा रिट निवेदन दिएका खड्कालाई सर्वोच्चले काममा फर्कन निर्दैशन दिएपछि उनी सोही पदमा फर्किएका थिए । खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।
कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेको बताएका छन् ।
उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले घाटामा गएको निगमलार्इ नाफामा लगेको थिएँ ।’
खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखेका थिए । ‘पाँच वर्षमा सक्ने पेट्रोलियम भण्डारणको काम अघि बढाएको थिएँ,’ उनले भने, ‘राम्रो काम गर्दा पनि थन्काएर राखे ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्