
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अहिले विश्वभर सबैभन्दा बढी चर्चामा आएको विषय केहि हो भने, त्यो हो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन । सिंगापुरस्थित सेन्टासा आइल्याण्डको एक होटलमा भइरहेको ट्रम्प र किमबीचको वार्तामा नेपालका ‘गोर्खाली’ ले सुरक्षा दिइरहेका छन् भन्ने तपाईंलाई थाहा छ कि छैन ? थाहा नभएको भए थाहा पाईराख्नुहोस्, नेपालका लागिसमेत गर्वको विषय बनेको यो चर्चाले अहिले भारतमा समेत खैलाबैला मच्चाएको छ । सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खालीहरुले उनीहरुको सुरक्षा दिइरहेका छन् ।
यहि विषयलाई लिएर विश्वका विभिन्न मिडियामा पनि चर्चा भएको छ । सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी नै गोर्खाली रहेकाे भन्दै विभिन्न मिडियामा गोर्खालीहरुको ठुलो प्रशंसा भइरहेको छ । यहि बीचमा जर्मनका तानाशाह एडोल्फ हिटलरले कुनै बेला भनेको ‘यदि मसँग गोर्खाहरु हुन्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’ भन्ने वाक्यांश पनि अहिले विश्वभर चर्चित भइरहेको छ ।
यो समग्र नेपालीहरुका लागि पनि गर्वको विषय हो । यसलाई विश्वभर फैलाउन सेयर गरौँ !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्