
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता सेयर आइतबारदेखि लिलामी बिक्री खुला गरेको छ । बैंकले यसअघि लिलामी खुला गरेको बेला नबिकेको सेयर अहिले पुनः लिलामीमा ल्याइएको हो । यस पटकको सेयर लिलामीमा सर्वसाधाणले पनि आवेदन दिन पाउनेछन । असार १० गतेसम्म बोलपत्र पेश गर्ने म्याद छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार बिन्दु बनाएर बोलकबोल गर्नुपर्नेछ । लिलामीमा न्यूनतम १००० कित्ताका लागि आवेदन दिन पाइनेछ । अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बाग्लुङबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्