
काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेका छन् । उनलाई कसरी कारवाही गर्नुहुन्छ ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले भने, ‘सबै ठेकेदार घरधनी छन्, थुप्रै सांसद पनि ठेकेदार छन्, जसले समयमा काम पूरा गर्दैनन् । सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ ।’
‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्