
काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न आग्रह गर्दै नागरिकको शान्ति सुरक्षाका लागि माइतीघर मण्डलामा प्रदर्शन निषेध गरिएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थापाले माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने डा. गोविन्द केसीको मागप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
आगामी साउन १ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिँदै थापाले अधिनायकवाद होइन, सरकार विधिअनुसार चल्ने दाबी गरे ।
पत्रकार सम्मेलनमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाण्डुका ७, ललितपुरका ६ र भक्तपुरको एउटा ठाउँलाई विरोध प्रदर्शनका लागि तोकिएको जानकारी दिए । यसअनुसार काठमाण्डुको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ ।
त्यसैगरी ललितपुरका ६ स्थान (च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार) र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने प्रजिअ शर्माले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्