
- डीआर नेपाल
केहि दिनयता फेसबुकका भित्ताहरु नियालीरहेको छु । जताततै चर्चा छ, पत्रकार रवि लामिछानेको । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति प्राप्त गर्न सफल रवि लामिछानेलाई जेल हाल्नेसम्मको कुरा उठेको छ । प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको भन्दै थुप्रैखाले टिकाटिप्पणीहरु आइरहेका छन् बजारमा ।
उनले निकै निर्भिक पत्रकारिता गरिरहेका छन् । यसमा कुनै शंका छैन । तर नेपाली नागरिक नभएको भन्दै हालसम्मको छानबिन तथा अनुसन्धानबाट रवि लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी प्रेस काउन्सिलले गरेको छ । तर रवी लामिछाने भनिएका छन्, ‘नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’
चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ ‘…अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ । साथै अध्यागमन नियमावली २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन र ऐऐको (२) मा ‘यस नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’
यतिमात्र होइन गृह मन्त्रालयले मिति २०७४ पुस १३ गते एक पत्र (च.नं. १०३१) लेखि सञ्चार मन्त्रालयसँग राय मागेको थियो । शाखा अधिकृत चन्द्रप्रसाद बस्यालले दस्तखत गरी सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नाता भिसाको आधारमा गैरपर्यटकीय भिसा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामछिाने (पासपोर्ट नम्बर ५१२९६६९८१) लाई मिडिया क्षेत्रमा रही कार्य गर्ने सहमति दिने सम्बन्धमा तहाँको राय–प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेश अनुसार अनुरोध छ ।’
गृह मन्त्रालयको यस्तो पत्रको जवाफ दिँदै मिति २०७४ पुस २५ गते सञ्चार मन्त्रालयले लेखेको पत्र (च. नं. २०५) मा भनिएको छ, ‘न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय–प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४÷९÷२१ मा नेपाल सरकार राज्यमन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गर्दछु ।’
गृह मन्त्रालयलाई लेखिएको यस्तो व्यहोरामा सञ्चार मन्त्रालयका शाखा अधिकृत सुरेशबाबु घिमिरेले दस्तखत गरेका छन् । सूचना विभागले २०७४ चैत १ गते प्रेस काउन्सिललाई पत्र लेखी ‘रवि लामिछाने न्युज ट्वान्टी फोरले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको’ भनेको थियो ।
सूचना विभागले नै गत जेठ ३ गते प्रेस काउन्सिललाई अर्को एउटा पत्र लेखी ‘श्रमजीवी पत्रकार ऐन २०५१ को पहिलो संशोधनको दफा ‘२ घ’ मा श्रमजीवी पत्रकार भन्नाले सञ्चारसम्बन्धी सेवालाई प्रमुख व्यवसाय बनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण या आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने, कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक, दृश्य या भाषा सम्पादकसमेतका व्यक्तिलाई जनाउँछ’ भनी स्पष्ट गरेको छ ।
सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् । यस पत्रबाट रवि लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको स्पष्ट गर्दछ । विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ ।
यि सबै कुरा हेर्ने हो भने रवी लामिछानेलाई जेल हाल्ने ठुलो खेल हुँदैछ भन्ने कुरा बुझ्न गाह्रो छैन । देशप्रेमी पत्रकार रवि लामिछानेलाई जेल हाल्ने कुराले अहिले धेरै नेपालीहरु आक्रोशित भएका छन् । म पनि चिन्तित छु । होला प्राविधिक कुराहरु पक्कै होला, तर देशलाई रवी लामिछानेहरु थुप्रै चाहिएको छ । आउनुहोस् हामी सबै उठौं रवि लामिछानेको पक्षमा । म त रवि लामिछानेको पक्षमा छु ! तपाईं नि ? #IamwithRabiLamichhane
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्