
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भर्ने समय बढेको छ । उक्त आइपिओ अब असार ११ गतेसम्म किन्न पाइनेछन् । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेको यो आइपीओ छिटोमा मंगलबार (जेठ २२ गते) सम्म भर्न पाइने व्यवस्था गरेको थियो । तर यो समयभित्र आवश्यक मात्रमा आवेदन नपरेपछि अब असार ११ गतेसम्म अइपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीले जेठ ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ दरको यो आइपीओमा इलाम नगरपालिका वडा नं १, ३ र ४ का स्थानीयबासीलाई बिक्री खुला गरीएको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । आयोजना प्रभावितले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका शाखाबाट आइपीओका लागि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्