×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको टोखा र ललितपूरको चापागाउँमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको टोखा र ललितपूरको चापागाउँमा

Artha Sarokar

११ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको टोखा र ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ । टोखा न.पा. वडा नं ३ टोखा बजारमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा आइतबार गरे । आइतबार नै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेल र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गोदावरी नगरपालिका वडा नं ११ चापागाँउमा स्थित शाखाको उद्घाटन गरे । 
सो अवसरमा नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रेग्मीले पुँजी, शाखा संजाल तथा बैकिङ्क सेवाको हिसाबले ज्योति विकास बैंक उत्कृष्ट विकास बैंक बन्ने तर्फ लम्किरहेको बताउँदै बैंकको प्रगतिको कामना गरे । 
बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंक देशभरी आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको र आधुनिक बैकिङ्ग सेवा सहित टोखामा उपस्थित रहेको बताए । 
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकको उपस्थिति नरहेको टोखा बजारमा बैकिङ्ग सेवा प्रदान गर्न ज्योति विकास बैंकले शाखा खोलेको जानकारी गराउँदै बैंकको सेवा लिन सबैलाई अनुरोध गरे । 
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी