
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कैलाश बिकास बैंकले आफ्नो कर्तुत सार्वजनिक गरेपछि सूचनाको हकको ठाडो बर्खीलाप गर्दै आफ्नो कर्तुत सार्वजनिक गर्ने सञ्चार गृहको वेवसाइट बन्द गरिदिएको छ । मंगलबार अर्थ सरोकार डटकमले कैलाश बिकास बैंकमा करारे कर्मचारीको हालीमुहाली भएको भन्दै कैलाश विकास बैंकमा ‘करारे’ हरुको हालीमुहाली ! नियममा रोक्या छैन भन्दैमा नांगै हिड्न मिल्छ र सीइओ साप ? शीर्षकको समाचार प्रकाशित गरेपछि बैंकमा अर्थ सरोकार डटकमको वेव साइट नै बन्द हुने गरी सर्भरमा सेटिङ मिलाएको छ । कैलाश बिकास बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइटी हेडको समेत समाचार प्रकाशित भएपछी आफ्नो कर्तुत लुकाउन बैंकले यस्तो हर्कत गरेको हो ।
स्मरण रहोस् नेपालको संविधान २०७२ मा स्पष्टसँग पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनजस्ता सञ्चार गृह बन्द गर्ने, जफत गराउने वा त्यसमा अवरोध गराउने कुनै पनि खालका काम सूचनाको हक विरुद्ध हुने स्पष्टसँग उल्लेख छ । बैंकले करारमा यता आइटी प्रमुखमा पनि ६२ बर्षका प्रदिप तुलाधर राखिएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । सीइओको अनुमति लिएर उक्त काम भएको बैंक स्रोतले जनाएको छ । बैंकका एक उच्च अधिकारीले हामीलाई बैंकले अर्थ सरोकार नखुल्ने बनाएको स्क्रिनशट पठाएका छन्। कैलाश बिकाश बैंकका केहि कर्मचारीहरुले अर्थ सरोकार डटकम लगायत आफ्नाविरुद्ध समाचार लेख्ने अनलाइनहरु बैंकले बन्द गरिदिएकाले ती अनलाइनबाट आफुले पाउने सूचनासमेत नपाएको गुनासो पोखेका छन् ।
हामीले यस बारेमा थप बुझ्न कैलाश बिकास बैंकमा फोन गरेका थियौं । आइटी विभागका एक कर्मचारीले यस विषयमा आफुलाई थाहा नभएको र ‘टप लेभल मेनेजमेन्टसँग कुराकानी गर्न आग्रह गरे । तर हामीले बैंकका आइती विभाग प्रमुख प्रदीप तुलाधरलाई सम्पर्क गर्दा उनी हाम्रो सम्पर्कमा आएनन् । सूचनाको हक विरुद्धको कामका विरुद्ध अर्थ सरोकार डटकम सञ्चालक कम्पनीले सीइओ अमृतचरण श्रेष्ठ, र यो काममा मतियार बनेका आइटीका कर्मचारी विरुद्ध मुद्धा हाल्ने तयारी गरेको छ । स्मरण रहोस् अमृतचरण श्रेष्ठ एनसीसी घोटाला प्रकरणका समेत आरोपित थिए ।
यता क्रान्तिकारी पत्रकार संगठन नेपालका काठमाडौँ जिल्ला अध्यक्ष कारण बडालले सञ्चार गृहमाथिको यस्तो हर्कत कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै आवश्यक परे बैंक विरुद्ध ‘एक्सन’ हुने समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्