
- अर्थ सरोकार सम्बाददाता
‘हाम्रो समाचार आएपछि अर्थ सरोकार डटकम सर्भरमा बन्द गरिएको साँचो हो । तर यो काम गलत हो भन्नेमा म पनि प्रष्ट छु । हाम्रो कुनै बदनियत छैन । मैलेपनि अर्थ सरोकार डटकममा समाचार आएको छ भनेपछि मात्र यो तथ्य थाहा पाएँ । मेरो अनुमति बिना नै आइटी हेडले त्यस्तो गर्नुभएको रहेछ । म थप छानविन गर्छु ।’ उनले भने ।यता उनले आफ्नो समाचार आएपछि आइती हेडले मनपरी गरेको समेत स्वीकारेका छन् । ‘म तपाईंलाई यो ब्लकेज तुरुन्त हटाएर खबर गर्छु। ‘ भनेका उनले त्यसको केहि समयपछि ब्लकेज खुल्ला गरिएको र यसमा आफु माफी चाहेकोसमेत जानकारी गराएका छन् । कैलाश बिकास बैंकका आइटी हेडसमेत ६२ बर्षको उमेरमा बैंकमा करारमा रहेको तथ्यलाई उजागर गर्दै अर्थ सरोकार डटकममा कैलाश विकास बैंकमा ‘करारे’ हरुको हालीमुहाली ! नियममा रोक्या छैन भन्दैमा नांगै हिड्न मिल्छ र सीइओ साप ? शीर्षकको समाचार प्रकाशित भएको थियो । कैलाश बिकास बैंकमा अर्थ सरोकार डटकमको गोप्य स्रोत राखी हामीले समाचार प्रकाशन गरिरहेका छौं ।
संविधानमा स्पष्ट उल्लेख छ, ‘समाचारमा कसैले पनि अवरोध गराउनु हुन्न’
यसो भन्छन् अर्थ सरोकारका सम्पादक !
‘जे भयो त्यो गलत पक्कै भएको हो । संविधानले दिएको अधिकार खोस्ने कामकेहि संविधानविरोधीहरुबाट भएको छ, त्यसको हामी खेद प्रकट गर्दछौं । तर यस्ता कुराले सत्यतथ्य समाचार पस्किने हाम्रो अभियानमा केहि असर गर्नेवाला छैन । हामी निरन्तर भ्रष्ट, दलाल, घुसखोरीहरुको अपरेशनमा थियौं, छौं । कैलाशको इन्टरनल सर्भरमा साइट बन्द भएपछी त्यहाँका कर्मचारीले डाटा चलाएर आफ्नो मोबाइलमा समेत समाचार हेरेका छन् । त्यसमाथि आफ्नो समाचार आएपछि सर्भरमा डोमेन ब्लक गर्नु भनेको आफ्नो गल्ती स्वीकार गर्नु हो । यस्ता कायरहरुका विरुद्ध हामी हाम्रो समाचार अपरेशन चलाईरहनेछौं ।’ अनलाइनका सम्पादक सुरज प्याकुरेलले भने, ‘हामी मुद्धा हाल्ने अन्तिम तयारीमा थियौं, तर सीइओले गल्ती सच्याएको जानकारी पठाएका छन् भने हामीसँग माफी पनि मागेका छन् । त्यहि भएर एकपटकलाई छोड्ने भन्ने सोचमा छौं । तर अन्त कतै जागिर नपाएपछि आफ्नै ससुरालीजस्तो सम्झेर ६२ वर्षको बुढेसकालमा जनताको बैंकमा काम गर्ने र जनताकै अधिकार खोस्नेहरु विरुद्ध हाम्रो मिडिया अभियान भने जारी छ ।’
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्