
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकले आइतबारदेखि संस्थापक समूहको १ लाख ५० हजार ५३६.९३ कित्ता सेयर लिलामी खुल्ला भएको छ । बैंकले यसअघि लिलामी गर्दा नबिकेको संस्थापक समूहको सेयर सर्वसाधारणले समेत भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आाधार मानेर त्यसभन्दा माथि भाउ तोकी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि प्रस्ताव पेश गर्न सकिनेछ ।
कामना सेवाले गत माघ १५ देखि चैत ५ गतेसम्म १५% हकप्रद निष्कासन खुला गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्