
काठमाडौं – साताब्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले चीनिया अधिकारीहरुसँग भारतको प्रसंग उठाएका छन् । दुई देशबीचको संवादमा प्रायः तेस्रो मुलुकका बिषयमा छलफल गरिदैन तर प्रधानमन्त्री ओलीले चिनियाँ पक्षसँग भारतको प्रसंग उठाएका छन् ।
नेपाल दुईमध्ये एकसँग निकट भएको देखिँदा बेइजिङ र दिल्ली दुवै सशंकित हुने भएपछि ओलीले बेइजिङमा दिल्लीको प्रसंग उठाएका थिए । ओलीले उदीयमान महाशक्तिबीच सन्तुलन मिलाउने प्रयासका रूपमा ओलीले दिल्लीको प्रसंग उठाएको कतिपय जानकारहरुले बताएका छन् ।
ओलीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली पक्षको आग्रहप्रति चीनको नेतृत्व तहले सकारात्मक प्रतिक्रिया जनाएको र नेपाल, भारत तथा चीनबीच त्रिदेशीय साझेदारीमा जोड दिएको बताए ।
प्रधानमन्त्रीका रूपमा ओलीले दुई वर्षअघि गरेको पहिलो चीन भ्रमणमा चिनियाँ राष्ट्रपति स्वयंले भारत र चीनको विकासबाट लाभ लिन नेपाललाई आग्रह गर्नुका साथै त्रिदेशीय साझेदारीका विषय उठाएका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, पछिल्लो समयमा भारत र चीनबीच जुन किसिमको भेटवार्ता र समझदारी बढ्दै गएको छ, त्यसको हामी स्वागत गर्छौँ। र, त्यस्तो खाले सहकार्यले समग्र दक्षिण एशियाली क्षेत्रमा सकारात्मक प्रभाव पर्छ। उनका अनुसार त्यसैले नेपाली पक्षले भारत र चीनबीच प्रतिस्पर्धा होइन, सहयोग रहेको हेर्न चाहेको चीनको नेतृत्वलाई बतायो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्