Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकद्धारा “साथ–हकुना मटाटा”लाई सहयोग

अर्थ सरोकार

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “साथ” नामक सामाजिक कल्याण–उन्मुख गैर–सरकारी संस्थालाई नगद रू.एक लाखको सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले एक कार्यक्रमका बीच साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेर सम्पन्न गरे ।
साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एचआइभी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पुर्याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ । उक्त कल्याणकारी संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको छ । 
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK